सुनको मूल्य साताभरीमा २४ सयले बढ्यो, प्रत्येक दिन नयाँ किर्तिमान

सुनको मूल्य साताभरीमा २४ सयले बढ्यो, प्रत्येक दिन नयाँ किर्तिमान


काठमाडौं – याे साताकाे पहिलाे दिन आइतबार देखि बढेकाे सुनकाे मूल्यले शुक्रबारसम्म बढ्दै प्रत्येक कारोबार दिनमा नयाँ किर्तिमान कायम गरेको छ । याे साता लगातर बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे पहिलाे काराेबारकाे दिन आइतबार १७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएकाे सुनकाे मूल्य शुक्रबार ५०० रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँ पुग्याे ।

आइतबार र साेमबार दुवैदिन बढेकाे सुनकाे मूल्यले मंगलबार पनि बढ्दै उच्च बिन्दुमा पुग्ने क्रम जारी राख्याे । मंगलबार तोलामा ५०० रुपैयाँले बढ्दै सुनकाे मूल्य प्रतिताेला लाख ५९ हजार ७०० रुपैयाँ कायम भएकाे थियाे ।

बुधबारपनि सुनकाे मूल्य बढ्ने क्रम यथावत् नै रह्याे । त्यसदिन सुन ताेलामा ७ सय रूपैयाँले बढ्दै प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा काराेबार भएकाे थियाे । यस्तै, याे साताकाे बिहीबार सुनकाे मूल्य तोलामा ३०० रुपैयाँले बढ्दै १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको थियाे ।

यसैगरी शुक्रबार सुनकाे मूल्य ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएकाे थियाे । लगातार नयाँ रेकर्ड सुनको मूल्यमा साभारीमा समग्रमा प्रतिताेलामा २४ सयकाे वृद्धि भएकाे छ ।

यस्ताे छ याे साताकाे ६ दिनकाे सुनकाे मूल्य :

आइतबार – १ लाख ५८ हजार ८०० रुपैयाँ

सोमबार– १ लाख ५९ हजार २०० रुपैयाँ

मंगलबार – १ लाख ५९ हजार ७०० रुपैयाँ

बुधबार– एक लाख ६० हजार चार सय रूपैयाँ

बिहीबार – १ लाख ६० हजार ७०० रुपैयाँ

शुक्रबार– १ लाख ६१ हजार २०० रुपैयाँमा