काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै समस्या समाधानको भार मौद्रिक नीतिलाई बोकाउन नहुने बताएका छन्। बिहीबार राष्ट्र बैंकले आयोजना गरेको ‘आर्थिक वर्ष २०८१/ ८२ को मौद्रिक नीति तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रका सबै समस्या समाधानको भार मौद्रिक नीतिलाई बोकाउन नहुने तर्क राखेका हुन्।
गभर्नर अधिकारीले भने,‘ अर्थतन्त्रका केही समस्या समाधानमा मौद्रिक नीतिले केही भूमिका खेल्ने भए पनि जादुको छडी जस्तो चट्ट निको पार्न सक्दैन।’ उनले बैंकमा सहकारी क्षेत्रको समस्याको प्रभावसँगै कर्जा लिएर तिर्नु पर्दैन भन्ने समूहको आन्दोलनको प्रभाव परेको बताए।
प्रतिक्रिया