काठमाडौं – नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका साँवा तथा आर्जित ब्याज लिन आग्रह गरेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार एक सुचना जारी गर्दे बचतपत्र धनीलाई साँवा तथा आर्जित ब्याज लिन आग्रह गरेको हो ।
राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको बचतपत्रका साँवा तथा आर्जित ब्याज रकम लिन बचतकर्तालाई आग्रह गरेकाे हाे। ‘नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकोले यथाशिघ्र भुक्तानी लिनुहुन सम्बन्धित सबै बचतपत्र धनीलाई अनुरोध छ’ विभागद्वारा जारी सूचनामा उल्लेख छ।




About Us
प्रतिक्रिया