काठमाडौं – राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। अध्यक्ष उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका हुन्। उप्रेतीलाई प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो।
उक्त सहकारीलाई गत महिना करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त घोषणा गरिएको थियो। एमालेको केन्द्रीय सहकारी विभाग सचिवसमेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि उक्त जिम्मेवारीबाट हटाइसकेको छ।



About Us
प्रतिक्रिया