नारायणी डेभलपमेन्ट बैंकको ४२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई चितवनको रत्ननगर–०१, टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।