काठमाडौं – सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले असार १९ देखि संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
यसअघि विद्यमान संस्थापक शेयरधनीले शेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ। शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाले आवेदन दिन सक्नेछन्।
बैंकले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता डेढ सय तोकेको छ। शेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया