काठमाडौं – संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार आएको छ। आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो।
आज १०२ अंकसम्म बढेको नेप्से परिसूचक अन्तिम समयमा ४७ अंकले बढेर २१ सय दशमलव ४३ को विन्दुमा बन्द भएको छ। आज ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २२७ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयाँकाे शेयर कारोबार भएको छ। यूनाइटेड इर्दी मर्दिको १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानकिर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन्। समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ६ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन्। गुडविल फाइनान्सका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन्।
प्रतिक्रिया