काठमाडौं – कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स शेयर) जारी गर्ने भएको छ । बैंकले ९ प्रतिशतका दरले उक्त शेयर जारी गर्ने भएको हो।
सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो। जसअन्तर्गत बैंकले १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत लाभांश दर कायम गरी शेयर जारी गर्नेछ।
यस्तो शेयरमा मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने तथा कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र बिक्री गरिने निर्णय गरेको बैंकले जानकारी दिएको छ।



About Us
प्रतिक्रिया