घट्दो निक्षेप संकलन, बढ्न सकेन कर्जा प्रवाह

घट्दो निक्षेप संकलन, बढ्न सकेन कर्जा प्रवाह


काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलनमा वृद्धि हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक असार १५ गने अनुसार बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६३ खर्ब २७ अर्ब पूगेको छ ।

केन्द्रीय बैंककाअनुसार असार १४ गते भने बैंकिङ्ग प्रणालीमा ६३ खर्ब २९ अर्ब निक्षेप संकलन भएको छ। यस तथ्यांकलाई नियाल्दा एकदिनमा २ अर्बले निक्षेप संकलन घटेको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि १ अर्बले गिरावट आएको छ । गत शुक्रबार ५६ खर्ब ६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले शनिबार ५६ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि गिरावट आएको छ । शुक्रबार ५१ खर्ब ४७ कर्जा प्रवाह भएकोमा शनिबार ५१ खर्ब ४६ अर्ब प्रवाह भएको छ ।

सो समयवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह स्थिर रहेको छ । यो समयमा वाणिज्य बैंकहरुबाट ४५ खर्ब ५३ अर्ब कर्जा प्रवाह भएको छ। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७९.२२ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९१ प्रतिशत कायम भएको छ।