काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको छ ।
सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ। आज बैंकिङ्ग समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशत, जीवन बीमा समूहको ०.५३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको छ।



About Us
प्रतिक्रिया