क्रस बोर्डर पेमेन्टमा हामीसँग भएका पूर्वाधारले पनि प्रभाव पार्छ : सीईओ प्रधान

क्रस बोर्डर पेमेन्टमा हामीसँग भएका पूर्वाधारले पनि प्रभाव पार्छ : सीईओ प्रधान


काठमाडाैं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले क्रस बोर्डर पेमेन्टमा पूर्वाधारले विशेष भूमिका खेल्ने बताएका छन्। ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को चौथो सत्र नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौतीमा उठेका प्रश्नको जवाफ दिँदै सीईओ प्रधानले यस्तो बताएका हुन्।

क्रस बोर्डर पेमेन्टमा भारत र नेपालबीचको समन्वयमा धेरै चुनौती र समस्या देखिएपनि विभ्रिन्न अध्ययन बापत यो सम्भव भएको उनले बताए । उनले भने, ‘क्रस बोर्डर पेमेन्टमा हामीसँग कति पूर्वाधार छ भन्ने विषयले विशेष महत्व राख्छ। हामीले क्रस बोर्डर पेमेन्टको कुरा गरिरहँदा पूर्वाधारको हिसाबले हामी कति सक्षम छौँ भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ।’

नेपालको सन्दर्भमा अहिले जसरी हुन्छ कारोबार डिजिटल रुपमा गराउनुपर्छ भनेर काम अघि बढिरहेको उनले बताए। नेपालमा सक्रिय हुँदै गइरहेको डिजिटल कारोबारले क्रस बोर्डर पेमेन्टमा सहयाेग पुर्याउँदै डिजिटल प्रविधिमा अग्रस्थानमा पुर्याउने उनको धारणा छ। उनले भने, ‘नेपालमा डिजिटल कारोबारकाे बैशाखको डाटालाई हेर्ने हो भने ७७ करोडको भुक्तानी भैसकेको छ। नेपालले डिजिटल प्रविधिमा फड्को मारिरहेको छ।’