डेटा परिवर्तनमा नियमन, कानून र प्रविधि जस्ता विषय समेटिन्छन् : संजिब सुब्बा

डेटा परिवर्तनमा नियमन, कानून र प्रविधि जस्ता विषय समेटिन्छन् : संजिब सुब्बा


काठमाडौं – फिन्टेक विज्ञ संजिब सुब्बाले डेटा परिवर्तनमा ऐन, नियमन र कानून एकातिर र टेक्नोलोजिको गतिविधि साथै देशको रेडिननेसको पनि कुराहरु अर्काेतिर आउने बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम वर्तमान परिदृश्य र क्रस बोर्डर पेमेन्टका चुनौती’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय परिचय पत्रले बैंकिङ्गदेखि लिएर हरेक ठाउँमा माघ १ गतेदेखि लागू हुने कुराहरु आएको भन्दै यसको प्रयोगले फिन्टेक र बैंकिङ्ग क्षेत्रलाई सहजता प्रदान गर्ने बताए। सुब्बाले पीएसपी, पीएसओ र एनसिएचएलहरुमा पनि केही कार्यहरु गर्नुपर्ने बताएका छन्। उनले हरेक ठाउँमा हरेक व्यक्तिको डाटाहरु हुने गरेको भन्दै छरिएर बसेको डेटाहरुलाई एकै ठाउँमा बनाउन परिचय पत्रले समेट्ने बताए। उनले भन्नलाई जति सहज ६ कार्यान्वयन गर्न उतिनै चुनौती रहेको उल्लेख गरे।

सुब्बाले भारत, थाइल्याण्ड जस्ता देशले डीपीआईको प्रयोग गर्दै आएको जानकारी दिए। उनले आफ्नमो डेटाहरु फिन्टेक कम्पनीलाई प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा ऐनहरुकाे केही काम हुन बाँकी रहेको जस्तो लागेको पनि बताए। उनले डेटा एक्सचेन्ज संवेदनशिल विषय भएको पनि प्रष्ट पारेका छन् । उनले नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक गतिविधीको विषयमा निकालेको रिपोर्टमा ९ वटा चुनौती देखाएको भन्दै डिजिटल पेमेन्टमा देखिएका चुनौतीको समाधान तत्काल चाहिने बताए।