काठमाडौं – विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टरमा डेभिड सिस्लेन नियुक्त भएका छन् । उनको कार्यकाल जुलाई १, २०२४ अर्थात् आजबाट सुरु भएको विश्व बैंकले जानकारी दिएको छ।
सिस्लेनले फारिस हदाद– जेर्भोसको स्थान लिने भएका छन्। अमेरिका र इटालीका दोहोरो नागरिक रहेका सिस्लेनले सन् २००१ मा अर्बन क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा विश्व बैंकमा सामेल भएका थिए र त्यसपछि विभिन्न क्षेत्रहरूमा विभिन्न परिचालन र व्यवस्थापकीय पदहरू सम्हालिसकेका छन्।
उनि हालसालै वाशिग्टन स्थित ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रको भूमि तथा शहरी विपद जोखिम ब्यबस्थापनका प्राक्टिस म्यानेजरका रुपमा कार्यरत थिए।
उनले भनेका छन् ‘ मेरो नयाँ भूमिका र हाम्रा सबै सरोकारवाला र साझेदारहरूसँग चाँडै भेट्ने प्रतिक्षामा छु । मेरो मुख्य प्राथमिकता सरकार, विकास साझेदारहरू, र विविध सरोकारवालाहरूसँग नजिकको काम गर्दै, गति, मापन र प्रभावमा बैंकको फोकसको आधारमा परिचालन संलग्नताहरूलाई आकार दिन र कार्यान्वयन गर्न रणनीतिक संवादको नेतृत्व गर्नु हुनेछ ।’
सिस्लेनले माल्दिभ्स, नेपाल र श्रीलंकामा करिब ४.८ बिलियन डलरको विश्व बैंकको पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।



About Us
प्रतिक्रिया