सुदूरपश्चिम प्रदेश : क्षेत्रगत औद्योगिक कर्जामा ६.१८ प्रतिशत गिरावट (पूर्णपाठ)


काठमाडौं – प्रदेशका बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा ६.१८ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार समीक्षा अवधिमा कर्जा प्रवाह ६.१८ प्रतिशतले घट्न गई रु.२५ अर्ब २२ करोड ९४ लाख पुगेको छ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३.४७ प्रतिशतले बढेको थियो। कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७.९४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १०.८७ प्रतिशतले वृद्धि भएको छ भने गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा सबैभन्दा बढी १०.०९ प्रतिशतले ह्रास आएको छ ।