काठमाडौं–आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ८३ अंकले घटेर २,०३७ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया