काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो। सो शेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम निर्धारण हुने बैंकले जनाएको छ।




About Us
प्रतिक्रिया