काठमाडौं – सिटिजन्स बैंकले भुकम्पबाट क्षतिग्रस्त श्री बाल विकास माध्यमिक विद्यालय बझाङलाई एक लाख रुपैँया आर्थिक सहयोग सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणको लागी एक लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ।
गत असोजमा गएको विनासकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठानपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो।
बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिब ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
प्रतिक्रिया