काठमाडौं – केन्द्रीय बैंकले ९ खर्ब २७ अर्ब रुपैयाँभन्दा धेरै धितोपत्रमा लगानी गरेको छ। केन्द्रीय बैंकले विदेशमा रहेका विभिन्न धितोपत्र खरिदमा उत्तः लगानी गरेको हो। राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म कुल ९ खर्ब २७ अर्ब ७२ करोड ४८ लाख ४७ हजार ३७९ रुपैयाँ धितोपत्र लगानी छ ।
पछिल्लो ११ महिनामा मात्रै केन्द्रीय बैंकले २ खर्ब ६७ अर्ब रुपैयाँ लगानी गरेको हो। गत आर्थिक वर्षसम्ममा बैंकको धितोपत्रमा ६ खर्ब ६० अर्ब ३४ करोड ९५ लाख ५ हजार ५७१ रुपैयाँ लगानी थियो ।
यस्तै निश्चित समयावधिका लागि गरिने आवधिक निक्षेपअन्तर्गत राष्ट्र बैंकले कुल ६ खर्ब ४१ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको छ। गत असार मसान्तसम्म ५ खर्ब २२ अर्ब रुपैयाँ टर्म डिपोजिटको रुपमा बैंकले विदेशमा रहेको बैंकमा निक्षेपमा रकम राखेको थियो ।
यसैगरी राष्ट्र बैंकले ८० अर्ब २१ करोड रुपैयाँ सुनमा लगानी गरेको छ। गत वर्षसम्म सुनमा ६६ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको बैंकको चालू आवको ११ महिनामा सुनमा रहेको लगानी १३ अर्ब ८७ करोड रुपैयाँले बढेको छ।



About Us
प्रतिक्रिया