काठमाडौं – प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रूपैयाँभन्दा बढी ठगी गर्ने सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रूपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पंगेनी, काठमाडौंका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ। नरेन्द्र बज्राचार्य प्राइम कमर्सियल बैंकका सञ्चालक समेत हुन् ।



About Us
प्रतिक्रिया