काठमाडौं– दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ सफलतापूर्वक सम्पन्न भएको छ। चारवटा सत्रमा विभाजन गरिएको डिस्कोर्समा सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो।
डिस्कोर्समा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरू, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल भएको छ। डिस्कोर्सको पहिलो सत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल, अर्थशास्त्री सूर्य बहादुर थापाको सहभागिता रहेको छ। यस सत्रको सहजकर्ताको भूमिकामा वरिष्ठ पत्रकार दिल भूषण पाठक रहेका थिए।
दोस्रो सत्रमा ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’मा फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीको सहभागिता रहेको थियो। यस सत्रको सहजकर्ताको रूपमा सञ्चारकर्मी श्री पाण्डे रहेकी थिइन्।
डिस्कोर्सको तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश’ मा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जनसाङ्ख्यिक तथ्याङ्क विशेषज्ञ चेतन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, ग्लोबल आइएमइ बैंकका नायब कार्यकारी अधिकृत सुमन पोखरेलको सहभागिता रहेको थियो। यस सत्रको सहजकर्ताको रूपमा वरिष्ठ पत्रकार टिकाराम यात्री रहेका थिए।
डिस्कोर्सको चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’मा नेपाल राष्ट्र बैंकका, भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम ढुञ्जु, फिन्टेक अलाइन्सका सञ्जीव सुब्बा, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाको सहभागिता रहेको थियो। यस सत्रको सहजकर्ताको भूमिकामा एसबिआई बैकिङ्ग टान्सज्याक्सनका प्रमुख माइकल सिद्धी रहेका थिए। डिस्कोर्समा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुको उलेख्य सहभागिता रहेको थियो। यो डिस्कोर्सले नीति निमार्णको तहमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ । डिर्सकोर्समा दुवईबाट समेत विज्ञको उपस्थिति रहेको थियो।
डिस्कोर्समा सहभागी बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुले सत्रमा सहभागि विज्ञहरुलाई आफ्ना जिज्ञासाहरु पनि राखेका थिए। जसले गर्दा डिस्कोर्स थप अन्तरक्रियात्मक बनेको थियो ।
प्रतिक्रिया