मानव संसाधन अब प्रतिभामा आधारित हुनुपर्छ : डा. एलेन बेबी

मानव संसाधन अब प्रतिभामा आधारित हुनुपर्छ : डा. एलेन बेबी


काठमाडौं – एमिरेट्स इन्स्टिच्युट अफ फाइनान्सका चिफ लर्निङ्ग अफिसर डा. एलेन बेबीले मानव संशासधन अब प्रतिभाको आधारमा निर्धारण हुनुपर्ने बताएका छन्। ‘दोस्रो बैकिङ्ग नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ मा ट्यालेन्ट स्ट्र्याटेजीका बारेमा आइडिया शेयर गर्दै उनले प्रतिभा रणनीति एउटा उद्देश्यमा लक्षित हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘अबको युगमा मानव संशाधन प्रतिभाको आधारमा छनोट हुनुपर्छ। मानव संशाधनको रणनिति पुरानै प्रकृतिको हुनुहुँदैन। जसमा आमूल परिवर्तनको आवश्यक छ।’ साथै उनले थपे, ‘संस्थाले सेवा सुविधामा नयाँ गुणस्तर कायम गर्न आवश्यक छ।’ दोस्रो बैंकिङ्ग डिस्कोर्समा दुवैबाट पनि विज्ञको सहभागीता रहेको हो।