काठमाडौं – फिन्टेक अलाइन्सका सञ्जीव सुब्बाले बैंकिङ्ग सेवा लिन राष्ट्रिय परिचयपत्र लिनुपर्ने नियम निकै उत्कृष्ट रहेको बताएका छन्। ‘दोस्रो बैकिङ्ग नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’मा उठेका प्रश्नको जवाफ दिँदै उनले अधिकांश बैकिङ्ग सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा चाहिने प्रक्रिया निकै उत्कृष्ट छ। यो खबर पाउँदा म निकै खुशी छु। अहिलेको अवस्थामा राष्ट्रिय परिचयपत्रको विकल्प छैन। यसले डिजिटल भुक्तानीमा विशेष भूमिका चाहिन्छ।’
उनले थपे, ‘हाम्रो डेटाहरू हामीसँगै छ। यसलाई सुरक्षित राखेर सकारात्मक रूपमा प्रयोग गर्न सकिन्छ। जसले आधिकारिता, सुरक्षित कारोबारलाई प्रश्रय दिन्छ।’ नेपाल राष्ट्र बैङ्कका, भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम ढुञ्जु, फिन्टेक अलाइन्सका सञ्जीव सुब्बा, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, फोनपेका कार्यकारी अधिकृत दिवस कुमार सापकोटाको सहभागिता रहेको छ।
डिस्कोर्सको चौथो सत्रमा नेपाल राष्ट्र बैंकका, भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुँजु, फिन्टेक अलाइन्सका संजिव सुब्बा, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, फोनपेका कार्यकारी अधिकृत दिवस कुमार सापकोटाको सहभागिता रहेको छ। यस सत्रको सहजर्ताको भूमिकामा स्टान्डर्ड चार्टर्ड बैंकका ट्यान्ज्याक्सन प्रमुख माइकल सिद्धी रहेका छन्।
प्रतिक्रिया