काठमाडौं – फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार सापकोटाले क्रस बोर्डर पेमेन्टमा नेपालले कोरोना पछाडि तीव्र रूपमा प्रगति गरिरहेको बताएका छन्। ‘दोस्रो बैकिङ्ग नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’ मा उठेका प्रश्नको जवाफ दिँदै सीईओ सापकोटाले कोरोना पछाडि नेपालले क्रस बोर्डर पेमेन्टमा सकारात्मक दिशामा अगाडि बढेको बताए।
सीईओ सापकोटाले भने, ‘युपिआई लगायतका माध्यमबाट हामीले क्रस बोर्डर पेमेन्टमा कोभिड-१९ पछाडि थप प्रगति गरिरहेका छौँ।’
डिस्कोर्सको चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’ मा नेपाल राष्ट्र बैंकका, भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुँजु, फिन्टेक अलाइन्सका संजिव सुब्बा, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाको सहभागिता रहेको छ। यस सत्रको सहजर्ताको भूमिकामा स्टान्डर्ड चार्टर्ड बैंकका ट्यान्ज्याक्सन प्रमुख माइकल सिद्धी रहेका छन्।
प्रतिक्रिया