गरिबी हटाउन रेमिट्यान्सले विशेष भूमिका खेलेको छ : पत्रकार अधिकारी

गरिबी हटाउन रेमिट्यान्सले विशेष भूमिका खेलेको छ : पत्रकार अधिकारी


काठमाडौं – जनसांख्यिकीय तथ्यांक विशेषज्ञ एवं पत्रकार चेतन अधिकारीले रेमिन्ट्यासले गरिबी घटाउन विशेष भूमिका खेलेको बताएका छन्। ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश ’मा उठेका प्रश्नको जवाफ दिँदै उनले रेमिट्यान्सले गरिबी हटाउन र देशमा सीप भित्र्याउन विशेष भूमिका खेल्ने बताएका छन्।

साथै, विदेशमा श्रम पसिना बगाएर काम गर्न नसक्ने भएर फर्किएका नागरिकलाई राज्यले पाल्नुपर्ने उनले बताए। जसका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य रहेको पत्रकार अधिकारीले बताए।

डिस्कोर्सको तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ मा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जनसांख्यिकीय तथ्यांक विशेषज्ञ चेतन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती, नायब कार्यकारी अधिकृत (डिसीईओ) ग्लोबल आइएमइ बैंकका नायब कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलको रहेको छ । यस सत्रको सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टीकाराम यात्री रहेका छन्।