पछिल्लो समय रेमिन्ट्यास घरमा नगदभन्दा बैंकका खातामा जम्मा हुन थालेका छन् : डिसीओ पोखरेल

पछिल्लो समय रेमिन्ट्यास घरमा नगदभन्दा बैंकका खातामा जम्मा हुन थालेका छन् : डिसीओ पोखरेल


काठमाडौं- ग्लोबल आइएमइ बैंकका नायब कार्यकारी अधिकृत (डिसीओ) सुमन पोखरेलले पछिल्लो समय अधिकांश रेमिन्ट्यास बैंक खातामा जम्मा हुने क्रम बढेको बताएका छन्। डिसीओ पोखरेलले ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ मा बोल्दै पछिल्लो समय रेमिट्यान्स घरमा नगदको रूपमा थुप्रिनुभन्दा बैंक खातामा जम्मा हुने क्रम बढेको बताएका हुन्।

डिसीओ पोखरलले भने, ‘पछिल्लो समय रेमिन्ट्यास घरजग्गामाभन्दा बैंक खाताहरुमा जम्मा हुने क्रम बढेको छ । रेमिन्ट्यास घरमा नगदको रूपमा मात्र थुप्रिन क्रम घटेको छ। बैंकहरुले प्रवाह गरेका विभिन्न डिजिटल सुविधाहरुले गर्दा बैंकमा रेमिन्ट्यास् जम्मा हुने क्रम बढेको छ।’

पोखरलले हाल बैंक तथा वित्तीय संस्थाहरुबाट ७४ प्रतिशत रेमिट्यास भित्रिने गरेको बताए। डिस्कोर्सको तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ मा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जनसांख्यिकीय तथ्यांक विशेषज्ञ चेतन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती, नायब कार्यकारी अधिकृत (डिसीईओ) ग्लोबल आइएमइ बैंकका नायब कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलको रहेको छ । यस सत्रको सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टिकाराम यात्री रहेका छन्।