काठमाडौं – नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ) मनोज कुमार ज्ञवालीले वित्तीय सारक्षताका कार्यक्रमहरु कनिका छरेको जस्तो छरिहेको बताएका छन् । ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’ मा उठेका प्रश्नको जवाफ दिँदै डिसिओ अध्यक्ष ज्ञवालीले वित्तीय सारक्षताका कार्यक्रमहरु कनिका छरिएको जस्तो छरिएको बताए। डिसिओ ज्ञवालीले सरकारले वित्तीय सारक्षताका लागि चासो नदेखाएको पनि आरोप लगाए।
उनले भने, ‘हाल वित्तीय सारक्षताका कार्यक्रमहरु कनिका छरिएको जस्तो छरिएको छ। एकरुपता छैन, आ-आफ्नै हिसाबले सञ्चालन भइरहेका हुन्छन्। जसले गर्दा प्रभावकारी नतिजा देखिएको छैन।’
दोस्रो सत्रमा ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’मा फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी रहेका छन्। यस सत्रको सहजकर्ताको रुपमा सञ्चारकर्मी श्री पाण्डे रहेकी छिन्।
प्रतिक्रिया