पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य छ: अध्यक्ष दाहाल

पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य छ: अध्यक्ष दाहाल


काठमाडौं – फाइनान्सियल लिट्रेसी नेपालका अध्यक्ष भुवन दाहालले पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य रहेको बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिती’मा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले वित्तीय सारक्षता सबैको लागि अपरिहार्य रहेको बताएका हुन्। अध्यक्ष दाहालले भने, ‘पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य छ। यसले हामीलाई धनी बन्न मद्दत गर्छ। वित्तीय अनुशासन सरकारको लागि पनि अपरिहार्य छ।’ बजेट ल्याउँदा होस् या अन्य आर्थिक गतिविधिमा सरकारको वित्तीय अनुशासन अति आवश्यक छ।

दोस्रो सत्रमा ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’मा फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी रहेका छन्। यस सत्रको सहजकर्ताको रुपमा सञ्चारकर्मी श्री पाण्डे रहेकी छिन्।