बैंकिङ्ग क्षेत्रकाे तरलतामा देखिएको समस्या विस्तारै समाधान हुँदै जान्छ : कार्यकारी निर्देशक पौडेल

बैंकिङ्ग क्षेत्रकाे तरलतामा देखिएको समस्या विस्तारै समाधान हुँदै जान्छ : कार्यकारी निर्देशक पौडेल


काठमाडौं-नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलले बैकिङ्ग क्षेत्रको तरलतामा देखिएको समस्या विस्तारै समाधान हुँदै जाने बताएका छन्। बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ मा उठेका प्रश्नको जवाफ दिँदै निर्देशक पौडेलले नेपाल राष्ट्रबैंकले लिएको हालको नीतिले तरलतामा देखिएको समस्या समाधान गर्नमा प्रभावकारी भूमिका खेल्ने बताएका हुन्।

निर्देशक पौडेलले भने, ‘नेपालको बैंकिङ्ग क्षेत्र अधिक तरला बढ्ने र घट्ने समस्याबाट गुज्रिरहेको छ। हाल राष्ट्र बैंकले लिएको स्वचालित पूणालीले यो समस्या समाधान गर्न विशेष भूमिका खेल्ने हाम्रो अपेक्षा छ। ’केन्द्रीय बैंकसँग हाल प्रर्याप्त तरलता रहेकाले २१ सय अर्बभन्दा बढी संकलन र ८ सय अर्ब बढी बजारमा पठाँउदै आएको बताए।

यस सत्रमा पूर्वअर्थमन्त्री प्रकाश शरण महत, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल, अर्थशास्त्री सुर्यबहादुर थापाको सहभागिता रहेको छ। यस सत्रको सहजकर्ताको भूमिकामा वरिष्ठ पत्रकार दिल भूषण पाठक छन्।