काठमाडौं-अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकार, अर्थशास्त्री सूर्य थापाले देशको अर्थतन्त्र वर्तमान अवस्थमा आउनुमा सम्पूर्ण पक्ष जिम्मेवार रहेको बताएका छन्। बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ मा बोल्दै अर्थशास्त्री थापाले अर्थतन्त्र हालको अवस्थामा आउनुमा राष्ट्र बैंक, सरकार, निजी क्षेत्र सबैको भूमिका रहेको बताएका हुन् ।
अर्थशास्त्री थापाले भने, ‘अर्थतन्त्र अहिलेको अवस्थामा आउनुमा कुनै एक पक्षलाई मात्र दोष लगाउन मिल्दैन, यसमा सरकारी नीजि क्षेत्र समग्र पक्षको भूमिका बराबर छ। सबै मिलेर हालको समस्याको समाधान गर्नुपर्छ।’
यस सत्रमा पूर्व अर्थमन्त्री प्रकाश शरण महत, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल, अर्थशास्त्री सुर्य बहादुर थापाको सहभागिता रहेको छ। यस सत्रको सहजकर्ताको भूमिकामा वरिष्ठ पत्रकार दिल भूषण पाठक छन्।
प्रतिक्रिया