हाम्रो प्रयासले बैंकिङ्ग क्षेत्रलाई थप मजबुत बनाउन टेवा पुर्‍याउने अपेक्षा छ: प्रबन्ध निर्देशक ढुंगेल

हाम्रो प्रयासले बैंकिङ्ग क्षेत्रलाई थप मजबुत बनाउन टेवा पुर्‍याउने अपेक्षा छ: प्रबन्ध निर्देशक ढुंगेल


काठमाडौं–बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बैंकिङ्ग डिस्कोर्सले बैंकिङ्ग क्षेत्रलाई थप मजबुत बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन्। ढुंगेलले ‘बैंकिङ्ग डिस्कोर्स २०२४’ मा स्वागत मन्तव्य राख्दै बैकिङ्ग डिस्कोर्सले बैंंकिङ्ग क्षेत्रको विश्वव्यापी बहुआयामिक पक्षको उजागर गर्दै नेपालमा बैंकिङ्ग क्षेत्रको बहुआयमिक परिदृश्य खोज्न सहयोग पुग्ने अपेक्षा राखेको बताएका हुन्।

निर्देशक ढुंगेलले भने, ‘यस कार्यक्रमले बैंकिङ्ग क्षेत्रको विश्वव्यापी बहुआयामिक पक्षको उजागर गर्दै नेपालमा बैंकिङ्ग क्षेत्रको बहुआयमिक परिदृश्य खोज्ने उद्देश्य राखेको छ। सर्वप्रथम ठुलो राजनीतिक परिर्वतन पछि नेपाल आर्थिक क्रान्तिको बाटोमा हिडिरहेका बेला कोभिड-१९ पछि विश्वब्यापी रुपमा भएको आर्थिक मन्दीको चपेटाबाट नेपाल नराम्रोसँग थलिएको जग जायर छ। हाम्रो यो सानो प्रयासले बैंकिङ्ग क्षेत्रलाई थप मजबुत बनाएर देशको अर्थतन्त्रमा पथ टेवा पुर्‍याउने अपेक्षा राखेको पनि निवेदन गराउन चाहान्छु।’

स्वागत मन्तव्य राख्दै ढुंगेलले भने :
नमस्कार, म राजु ढुंगेल

कार्यक्रमका प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीज्यू, विशेष अथिति डा. निलम ढुंगाना तिम्सिनाज्यु, सिनियर डेपुटी गर्भनर, नेपाल राष्ट्र बैंक, श्री सुनिल के.सी.ज्यु, अध्यक्ष, नेपाल बैंकर्स संघ, सुयोग श्रेष्ठ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, श्री सुनिल पन्तज्यु , अध्यक्ष, नेपाल वित्तीय संस्था-संघ। लगायत सम्पुर्णमा स्वागत गर्दै निमन्त्रणा स्वीकार गरेर आउनु भएकोमा आभार व्यक्त गर्न चाहान्छु।

सर्वप्रथम, सन् २०१६ मा स्थापित बैकिङ्ग समाचार डटकम नेपालका बैंकिङ्ग, बीमा, वित्तीय र आर्थिक क्षेत्रका सबै मुद्दाहरूको निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएको छ। बैंकिङ्ग समाचार डटकम आफ्ना पाठक तथा श्रोताहरूलाई नेपालभरका सबै वर्तमान वित्तीय र आर्थिक गतिविधिहरूबारे जानकारी गराउन निरन्तर समर्पित छ। विभिन्न क्षेत्रका मुद्धालाई सतहमा मात्र प्रस्तुत नगरेर सम्बन्धित पक्षसँग बृहत छलफल गरी निति निर्माण कै तहमा सही सुझाव पुर्याउनुपर्छ भन्ने विषयमा बैंकिङ्ग समाचारको सम्पादकीय मण्डलले छलफलको उपजको रुपमा यो नेशनल बैकिङ्ग डिस्कोर्स २०२४ लाई परिचय गराउन चाहान्छु।
बैंकिङ्ग समाचार डटकमले विगतमा इस्योरेन्स डिस्कोर्स तथा बैकिङ्ग डिस्कोर्स गर्न प्रारम्भ गरिसकेको छ। मर्चेन्ट डिस्कोर्सको आयोजना गर्न तयारी गरिरहँदा सरकारले धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति विगत एक वर्षसम्म पनि गर्न नसकेकाले कार्यकारी अध्यक्षको नियुक्ति हुने वित्तिकै मर्चेंट डिस्कोर्स गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्न चाहान्छु। माथि उल्लेखित प्लाट फर्मका कार्यक्रम निरन्तरता स्वरूप, आज यस स्थानमा दोस्रो नेशनल बैकिङ्ग डिस्कोर्स २०२४ (National Banking Discourse 2024) कार्यक्रम आयोजना गर्न पाउँदा गौरवाम्वित महसुसका साथै थप जिम्वेवार बन्ने पनि प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु।
यस कार्यक्रमले बैंकिङ्ग क्षेत्रको विश्वव्यापी बहुआयामिक पक्षको उजागर गर्दै नेपालमा बैंकिङ्ग क्षेत्रको बहुआयमिक परिदृश्य खोज्ने उद्देश्य राखेको छ। सर्वप्रथम ठुलो राजनितीक परिर्वतन पछि नेपाल आर्थिक क्रान्तीको बाटोमा हिनिरहेका बेला कोभिड १९ पछि विश्व ब्यापीरुपमा भएको आर्थिक मन्दीको चपेटाबाट नेपाल नराम्रोसँग थलिएको जगजायर छ। हाम्रो यो सानो प्रयासले बैंकिङ्ग क्षेत्रलाई थप मजबुत बनाएर देशको अर्थतन्त्रमा पथ टेवा पुर्याउने अपेक्षा राखेको पनि निवेदन गराउन चाहान्छु।
नेपालको बैंकिङ्ग क्षेत्रमा मानव संसाधनको अवस्था र अपेक्षीत जनशक्तिको आवश्यकता पर्छ ? विश्व परिवेशमा बैकिङ्ग क्षेत्रका मानव संसाधनको मार्ग चित्रलाई एमिरेट्स इन्स्टिच्युट अफ फाइनान्सका चिफ र्लनिङ्ग अफिसर डा. एलेन बेबीलाई ट्यालेन्ट स्ट्र्याटेजीका बारेमा आईडिया शेयर गर्न निम्त्याएको कुरा पनि जानकारी गराउन चाहान्छु । यो बैकिङ्ग क्षेत्रका लागी नाैलो प्रयोग हो जस्तो लाग्छ मलाई। दोस्रो नेशनल बैकिङ्ग डिसकोर्समा छिमेकी मुलुक भारत तथा दुवैबाट पनि विज्ञको सहभागीता रहेको कारण आगामी डिस्कोर्स अन्तर्राष्ट्रिय स्तरमा गर्न हामीलाई हौसला प्रदान गरेको खुशी ब्यक्त गर्न पाउँदा थप जिम्मेवारी महसुस भएको छ।
अब आजको कार्यक्रममा हामी मुख्य रुपमा ५ वटा सत्रमा रहेर छलफल हुनेछ। छलफलका विषयवस्तु :
सत्र-१
बैंकिंग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा
Expected Monetary Policy role: Prevalent issues of the Banking Industry :

नेपालमा वर्तमान परिप्रेक्षमा बैकिगं क्षेत्रमा आएका समस्या , आर्थीक शिथिलता र यसमा मौद्रिक नितिको भुमिका कस्तो रहन्छ र हुनु पर्छ ? राष्ट्र बैकमा क्यास पार्किङ्ग गर्नु परेको छ। लगायतमा केद्रित रहेर छलफल हुने छ।

सत्र–२
वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति
Social Impact  & Financial Literacy Situation in Nepal:

बैकिङ्ग समाचारको टिमले वित्तीय साक्षरतामा विगत केही वर्ष अघीबाट विभिन्न साक्षरतामुलक कार्यक्रम गर्दै आएको छ। जस्मा बालबालिका, महिला तथा प्रहरीमा समेत वित्तीय साक्षरताका कार्यक्रम गर्दै आएको छ। यसका अलवा विभिन्न सचेतनामुलक भिडियो सामग्री पनि उत्पादन गरी प्रसारण गरिहरका छौं। यसका अलवा राष्ट्र बैंक तथा अन्य बैंकहरुले पनि यस्ता कार्यक्रम पनि गर्दै आएका छन्। तर, यती हुँदा हुँदै पनि वित्तिय साक्षरताको कमीले अथवा प्रभावकारीताको कमीले बैंक तथा वित्तिय संस्था प्रति अराजक गतिविधी देखी आक्रमण सम्मको घटना हुने गरेको पनि छ। राष्ट्र बैंकका गर्भनर आदारणीय महाप्रसाद अधिकारी ज्यु लाई सामाजिक उत्तरदायित्व अर्थात सिएसआर बजेटको ५ प्रतिशत बढाएर साक्षरता प्रभावकारी बनाउने विषय ध्यानार्कषण गराउन चाहान्छु। यसै गरी क्लाईमेट फाईनेस्सीको बारेमा पनि साक्षरता अभियान चलाउन पर्ने जरुरी रहेको तर्फ ध्यानाकर्षण गराउन चाहानछु।

सत्र– ३
सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश

Harnessing Remittances for Socioeconomic Development:

हाम्रो देशको अर्थतन्त्रमा मुख्य योगदान रहेको रेमिट्यान्स क्षेत्रको रहेको छ। आज हामी रेमिट्यान्स आउँदा खुसी भैरहँदा रेमिट्यान्स उद्योगलाई माथी उठाउन राष्ट्रबैंकले तथा बैदेशीक रोजगारी बोर्डले के कस्ता निती अवलम्बन गर्नु पर्छ भन्ने विषयमा गर्भनर ज्युलाई प्रश्न गर्न पनि चाहन्छु । योग्य जनशक्ति विदेश पठाएर रेमिट्यान्स उद्योगको आकारलाई थप ब्यवस्थित तथा उत्पादनमुलक बनाएर लान के गर्न सकिन्छ भन्ने विषयमा गर्भनर ज्युको ध्यानार्कषण गराउन चाहान्छु। वैदेशीक रोजगारीमा जानेलाई टेवा कर्जा भनेर एक लाख ५० हजार दिने गरेको पक्ष पनि सकारात्मक रहेको टिप्पणी गर्न चाहन्छु।
सत्र– ४
नेपालमा डिजीटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजीटल भुक्तानीका चुनौतीहरु

Cross Border Digital Payment Challenges & Nepal’s Digital Ecosystem:

सर्व प्रथम गतबर्षको सेप्टेम्बरमा ग्लोबल फिनटेक फेसटिबलमा जाँदा सञ्चारकर्मीका रुपमा म पनि सहभागी थिए। जहाँ नेपाल राष्ट्र बैकका गर्भनर श्री महाप्रसाद अधिकारीले क्रसबोर्डरको सुरुवात गर्नुभएको थियो। छिमेकी मुलुक भारतका पर्यटक नेपाल घुम्न आउँदा भुक्तानी गर्न कार्यको त सुरुवात भयो हामी भारत जाँदा क्यू आरको प्रयोग गरी कहिले बाट भुक्तानी गर्न पाउँछाै ? भन्ने प्रश्न पनि गर्भनर ज्यूलाई सोध्न चाहान्छु।
सत्र – ५
यसै गरी रचनात्मक शैलीमा डा. एलेन बेबीलाई ट्यालेन्ट स्ट्र्याटेजीका बारेमा आईडिया शेयरबाट बैंकिङ्ग क्षेत्रमा रचनात्मकता प्रदान गर्ने विश्वस गर्दै , अन्त्यमा यो कार्यक्रमको आधिकारीक सुभाव सहितको प्रतिवेदन १६ देखि १८ गते सम्ममा बुझाउन आउने निवेदन गर्दै गर्भनर ज्यूबाट प्रतिवेदन बुझाउन आउँदा समय उपलब्ध गराउनु हुन हार्दिक अनुरोध पनि गर्न चाहान्छु। धन्यवाद