३.२१ अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्बमाथि

३.२१ अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्बमाथि


काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्कटक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन परिसूचक ३.२१ अंक बढेर १०६६.१६ विन्दुमा कायम भएको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण फाइनान्स समूहको शेयरमा देखिएको छ । सोमबार यो समूहको सूचक सबैभन्दा बढी २.११ प्रतिशतले बढेको छ। कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी रहेका ७ समूहको सूचक घटेको छ ।

सोमबार ३२२ धितोपत्रको ६६ हजार ५१९ कित्ता शेयरको पाँच अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरूमध्ये नेपाल फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मकर जितुमायाको ७।२१, शिव श्री हाइड्रोपावरको ६.९१ प्रतिशतले शेयरमूल्य बढेको छ।

यस दिन बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशतले घटेको छ। १०.३५५ एग्रिकल्चर बैंक डिबेन्चर २०८३ को ३.७१, समाज लघुवित्तको ३.२६, अप्पर हेवाखोलाको २.८६ प्रतिशतले शेयरमूल्य घटेको छ।