बैंकिङ्ग डिस्कोर्स २०२४ : फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल सहभागी हुने

बैंकिङ्ग डिस्कोर्स २०२४ : फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल सहभागी हुने


काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा फाइनान्सियल लिट्रेसि नेपालका अध्यक्ष भुवन दाहाल सहभागी हुने भएका छन्। छलफलको दोस्रो सत्रमा ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव र वर्तमान स्थिती’ शिर्षक हुने छलफलमा वक्ताका रुपमा दाहाल सहभागी हुने भएका हुन् ।

वि.सं. २०२७ सालमा जन्मिएका दाहालले नबिल बैंकबाट बैंकिङ्ग क्षेत्र प्रवेश गरेका थिए । उनी नबिल बैंकमा आउनुअघी भने एक विद्यालयमा शिक्षकका रुपमा कार्यरत थिए । नबिल बैंकको विभिन्न तहमा रहेर कार्य उनी २०७० सालमा सानिमा बैंकका नायब प्रमुख कार्यकरी अधिकृतको रुपमा सेवा प्रवेश गरे। सोहि क्रममा उनी नबिल सानिमा बैंकको सीईओ साथै नेपाल बैंकर्स संघका अध्ययक्ष पनि बने । उनी बैंक सँगै एक समय लघुवित्तमा पनि निर्देशकका रुपमा रहेका थिए ।

उनले हालसम्म अष्ट्रेलिया, बहराइन, बंगलादेश, चीन, इजिप्ट, फ्रान्स, जर्मनी, हङकङ, भारत, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, म्यानमार, रुस, सिंगापुर, श्रीलंका, थाइल्याण्ड, तिब्बत, दुवै, बेलायत, संयुक्त राज्य अमेरिका लगायतका देशहरु भ्रमण गरिसकेका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ आयोजना हुने भएको हो। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा गरिनेछ । साथै कार्यक्रमको विशेष सत्रमा छलपलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिती रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधी क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका ब्यक्तीत्वहरुको उपस्थिीति रहने छ ।

मुख्यरुपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ । दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।