काठमाडौं – दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल सहभागी हुने भएका छन् । छलफलको पहिलो सत्रको ‘बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा पौडेल सहभागी हुने भएका हुन् ।
वि.सं. २०३१ सालमा स्याङ्जामा जन्मिएका पौडेलले वि.सं २०५९ देखि सहायक निर्देशकको रुपमा नेपाल राष्ट्र बैंकबाट सेवा प्रवेश गरे । उनले अर्थशास्त्रमा एमफिल र त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । पौडेलले मौद्रिक नीति सम्बन्धी, बृहत् अर्थशास्त्र सम्बन्धी, वित्तीय स्थिरता सम्बन्धी, भुक्तानी प्रणाली र केन्द्रीय बैंकबाट एन्टि मनी लान्डड्रिङ्ग लगायतका तालिम प्राप्त गरिसकेका छन् । उनले हालसम्म संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, कोरिया, अर्जेन्टिना, इन्डोनेसिया लगायतका देशहरु भ्रमण गरिसकेका छन् ।
बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ आयोजना हुने भएको हो। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्वारा कार्यक्रमकाे उद्घाटन गरिनेछ । साथै कार्यक्रमको विशेष सत्रमा छलपलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिती रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधी क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका ब्यक्तीत्वहरुको उपस्थिीति रहने छ। मुख्यरुपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ । दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया