बैकिङ्ग डिस्कोर्स २०२४ : डिजिटल भुक्तानी सम्बन्धी सत्रमा राष्ट्र बैंकका निर्देशक धुँजु सहभागी हुँदै

बैकिङ्ग डिस्कोर्स २०२४ : डिजिटल भुक्तानी सम्बन्धी सत्रमा राष्ट्र बैंकका निर्देशक धुँजु सहभागी हुँदै


काठमाडौं – दोस्रो नेशनल बैकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका, भुक्तानी प्रणाली विभागका निर्देशक कृष्णराम धुँजु सहभागी हुने भएका छन् । छलफलको तेस्रो सत्रको ‘नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजीटल भुक्तानीका चुनौतीहरु शिर्षकमा हुने छलफलमा वक्ताका रुप मा धुँजु सहभागी हुने भएका हुन् । विक्रम सम्वत् २०३४ सालमा काठमाडौंमा जन्मिएका धुँजु काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ्मा स्नातक ( बिटेक) गरेर राष्ट्र बैंकमा अधिकृतका रुपमा विक्रम सम्वत् २०५८ सेवा प्रवेश गरेका थिए ।

उनले नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी, वारंगल भारतबाट कम्प्युटर साईन्स र इन्जिनियरिङ्ग (एम्टेक ) तथा काठमाडौं विश्वविद्यालयबाट एमबिए समेत गरेका छन् । हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातककोत्तर गरिरहेका उनले मित्र राष्ट्र भारत,चीन , हङकङ, फिलिपिन्स, सिंगापुर, युरोप, संयुक्त राज्य अमेरिकामा तालिम तथा भ्रमण गरिसकेका छन् ।

बैकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ आयोजना हुने भएको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्वारा कार्यक्रमकाे उद् गरिनेछ । साथै कार्यक्रमको विशेष सत्रमा छलपलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिती रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधी क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका ब्यक्तीत्वहरुको उपस्थिीति रहने छ ।

मुख्यरुपमा बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजीटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजीटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ । दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएकाे छ ।