काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार पनि जिम्मेवार रहेकाे बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले ऋण तिर्दैनौँ तिर्न हुँदैन जस्ता गलत अभियान चल्दै गर्दा सरकारले सुनेको नसुन्यै गरेको आरोप लगाएका हुन् ।
यसले गलत मनसाय बोकेका र ऋण तिर्न नपरे हुन्थ्यो भन्नेहरूलाई आत्मबल मिलेकाे उनले बताए । अध्यक्ष केसीले भने,‘ कतै ऋण मिनाहा हुन्छ कि तिर्न पर्दैन कि भन्ने मनोभावले पनि काम गरेको देखिन्छ। अर्कोतर्फ प्राविधिक कारण कोभिड – १९ को महामारीले शिथिल अर्थतन्त्र उठाउन बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह गरे।’
साथै, केही प्राविधिक कारणकाबीच गलत अभियानले पनि बैंकहरुको लगानी उठ्न नसकेको बताए। साथै उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) ८ प्रतिशतसम्म जान सक्ने बताएका छन्।



About Us
प्रतिक्रिया