काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।
शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम निर्धारण हुने बैंकले जनाएको छ।
प्रतिक्रिया