एक्सेल डेभलपमेन्ट बैंककाे साधारणसभा असार २९ गते, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा असार २९ गते बस्ने निर्णय गरेको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ। सभा प्रयाजनार्थ बैंकले असार १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने छ।