काठमाडौं – नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले कर्जा प्रवाह सुधारोन्मुख रहेको बताएकी छिन्। दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले क्रमिक रुपमा कर्जा प्रवाहमा सुधार हुँदै गएकाले लामो समयदेखि गिरावट आएको कर्जा प्रवाहमा सुधार देखिएकाे बताएकी हुन्। आर्थिक स्थितीमा देखिएको शिथिलताका कारण प्रक्षेपणभन्दा कम कर्जा विस्तार भएको पनि उनले बताइन्। कर्जाको माग बढ्न नसक्दैमा बैंकहरुले अन्य क्षेत्रमा कर्जा लगानी गर्नु पूर्व बुझ्नुपर्ने उनको धारणा छ।
वरिष्ठ डेपुटी गभर्नर डा. ढुंगानाले विदेशिने क्रम जारी रहँदा कर्जाको मागमा कमी आएको बताइन्। ‘आगामी मौद्रिक नीतिमार्फत मुद्रास्फितीलाई सिमाभित्र राख्ने, आर्थिक गतिविधी चलायमान बनाई आन्तरिक माग वृद्धि गर्ने, कृषि पर्यटन जलविद्युत जस्ता क्षेत्रमा लगानी वृद्धि गर्ने, कृषि क्षेत्रको व्यवसायिकरणलाई सघाउ पुर्याउने र रोजगारी सिर्जना गर्ने क्षेत्रलाई प्राथमितामा राख्ने अपेक्षा गर्न सकिन्छ. उनले भनिन, ‘आगामी मौद्रिक नीतिले नीजि क्षेत्रतर्फ प्रवाहित कर्जाको आकारमा वृद्धिभन्दा कर्जाको उत्पादनशिल उपयोग गराउँने साना तथा मझौला उद्योगका कर्जामा जोड दिने अनुमान गर्न सकिन्छ।’
प्रतिक्रिया