काठमाडौं – कुमारी बैंक लिमिटेडका ग्राहकले पशुपति रिक्रिएसनको सेवामा छुट पाउने भएका छन् । बैंक र पशुपति रिक्रिएसन, धुम्बराही–काठमाडौंबीच कुमारी बैंकका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले पशुपति रिक्रिएसनमा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिंग, रेसिंग, जिपलाईन, क्लाइम्बिंग लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकहरुले सहज र गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।



About Us
प्रतिक्रिया