प्राइम कमर्सियल बैंकमा राेजगारीकाे अवसर


काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले दरखास्त आह्वान गर्दे विभिन्न आठ पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले विजनेश डेभलपमेन्ट, ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल अफिसर, रिलेशनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, आईटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी मागेको छ। ताेकिएकाे याेग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित असार ११ गतेभित्र http://www.rollingnexus.com/PCBL मार्फत आवेदन दिन सक्नेछन् ।