काठमाडौं – साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ। आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ।
आइतबार १२ उपसूचक राताम्य भएका छन्। आज बैंकिङ्ग समूहको ०.८५ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको ०।७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२३ प्रतिशत र जीवन बीमा कम्पनीको ०.३६ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । यसदिन होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशतले शेयर मूल्य बढेको हो ।
प्रतिक्रिया