काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले १० लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा ल्याएको हो।
यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति वा संस्थाहरूले किन्न पाउनेछन् । शेयर किन्न इच्छुकले ७ दिनभित्र सुन्धाराको बाघदरवारस्थित माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ।



About Us
प्रतिक्रिया