शेयर बजारमा ९.३२ अंकको गिरावट 

शेयर बजारमा ९.३२ अंकको गिरावट 


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३२ अकंले घटेर २११२.२९ बिन्दुमा बन्द भएको छ। बिहीबार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको हो। अन्य उपसूचक भने राताम्य भएका हुन् । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।