काठमाडौं – लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन्। दोषी ठहर भएसँगै इन्जिनियर भट्टराईलाई विशेष अदालत काठमाडौंले ६ वर्ष कैद र ८० लाख जरिवाना तोकेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई बिहीबार दोषी ठहर गरेको हो ।
जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको हो। ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध अख्तियारले २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।






About Us
प्रतिक्रिया