काठमाडौं – बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ४५ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हाे। कम्पनीले प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले कुल ४५ करोड रुपैयाँको प्रत्याभुति नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र सनलाइफ क्यापिटल लिमिटेडले गर्ने जनाएको छ।
बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो।






About Us
प्रतिक्रिया