काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन समितिले परिपक्व भइसकेका बचत पत्रको सावाँ र ब्याज भुक्तानी लिन आग्रह गरेको छ। २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचत पत्रका कतिपयले धनीले परिपक्व भएको सावाँ ब्याज भुक्तानी लिन नआएको भन्दै कार्यालयले भुक्तानी लिन आग्रह गरेको हो ।
भुक्तानी बजार निर्माता (बैंक तथा वित्तीय संस्था) मा सम्पर्क गरी लिन सकिनेछ । साथै, ऋणपत्रको कारोबारलाई सहजीकरण गरी सावाँ र ब्याज रकम सम्बन्धित धनीको बैंक खातामा परिपक्व भएकै मितिमा भुक्तानी गर्ने प्रक्रियाका लागि बैंक खातालगायतका व्यक्तिगत विवरण अद्यावधिक गर्न पनि भनिएको छ ।






About Us
प्रतिक्रिया