वैशाखसम्म करिब २० करोड सहुलियतपूर्ण कर्जा स्वीकृत

सहुलियतपूर्ण कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ रहेको छ। यस क्षेत्रमा कुल ४९ हजार ६३ ऋणका लागि ११ करोड ८८ लाख ७ हजार ३४४ रुपैयाँ कर्जा स्वीकृत भएको छ।


काठमाडौं – चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म सहुलियतपूर्ण कर्जाका लागि करिब २० करोड रुपैयाँ स्वीकृत भएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जाका लागि १९ करोड ८९ लाख ८७ हजार ४० रुपैयाँ स्वीकृत भएको हाे।

यो कर्जा सबै प्रकारका बैंक तथा वित्तीय संस्थाबाट १ लाख २६ हजार १९१ ऋणका लागि स्वीकृत भएको छ। स्वीकृत भएकोमध्ये १३ करोड ८७ लाख ६ हजार ७६४ रुपैयाँ कर्जा प्रवाह हुन बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ। सहुलियतपूर्ण कर्जा सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छीतर्फ रहेको छ। कुल ४९ हजार ६३ ऋणका लागि ११ करोड ८८ लाख ७ हजार ३४४ रुपैयाँ कर्जा स्वीकृत भएको छ। जसमा बिनाधितोको ३५ लाख ८४ हजार ८६४ रुपैयाँ र धितोसहित ११ करोड ५२ लाख २२ हजार ४८० रुपैयाँ रहेको छ।

त्यस्तै, धेरै सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलतातर्फ स्वीकृत भएको छ। जसअन्तर्गत ७४ हजार ९४२ ऋणका लागि ७ करोड ७५ लाख १३ हजार १२६ रुपैयाँ स्वीकृत भएको छ।