काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा व्यक्तिगत आवसीय घरकर्जा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांंकमा व्यक्तिगत आवासीय घरकर्जा ११.८ प्रतिशतले वृद्धि भएको देखिएको हाे। व्यक्तिगत आवासीय घरकर्जा बढ्दा व्यवसायिकतर्फ ०.२ प्रतिशतले ह्रास आएको छ। केन्द्रीय बैंकको तथ्यांकमा गत वर्षको साउन महिनासम्म २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ व्यवसायिक प्रयोजनका घरजग्गामा ऋण प्रवाह भएकोमा २०८१ वैशाख मसान्तसम्म यस्तो कर्जा घटेर २ खर्ब ४८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
यस्तै, चालु आवको १० महिनामा हाउजिङ अर्पाटमेन्ट र आवासीय (२ करोडभन्दा माथिको) ऋणमा ४७ करोड रुपैयाँले कमी आएको देखिन्छ। चालु आवको १० महिनामा ३ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ प्रवाह भएको छ। गत वर्षको साउनमा यस्तो ऋण प्रवाह ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ मात्रै थियो। २०८० साउनको तुलनामा २०८१ वैशाखमा ४१ अर्ब १९ करोड रुपैयाँले बढी ऋण प्रवाह भएको छ।
यी बाहेक शेयर धितो कर्जा, आवधिक कर्जा, वर्किङ क्यापिटल लोन (चालू पुँजी कर्जा) लगायतका सात प्रकारको क्षेत्रमा ऋण प्रवाह बढ्दा व्यवसायिक प्रयोजनका घरजग्गासहित ५ वटा क्षेत्रमा जाने ऋण घटेको छ।



About Us
प्रतिक्रिया