काठमाडौं – स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ ऋणी खराब सूचीमा परेका छन्। १४ जना ऋणीहरू समयमा नै कर्जा भुक्तानी नगरेपछी खराब सूचीमा परेका हुन्। बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछी बैंकले खराब सूचीमा राखेको जनाएको छ। बैंकले ऋणीहरूलाई कर्जाको साँवा, ब्याज, हर्जना भुक्तानी गर्न ३५ दिन म्याद दिएकाे छ।
बैंकबाट कर्जा लिनेमा ज्योत्सना मुडभरी, रितु महर्जन, कमला श्रेष्ठ, दिपिका मुखिया लिम्बु, निर्जला पौडेल अधिकारी, दमन्ती कुमारी थापा, सन्तोषी श्रेष्ठ , अनिता खड्का कपाली, अकिला वानु, स्मृति साह हल्वाई, सुरेखा कुमारी दास, साकिरा खातुन हल्वाई, गुडी कुमारी र कान्ती चौधरी रहेका छन् ।




About Us
प्रतिक्रिया