काठमाडौं – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १२ विकास बैंकहरुले ३ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। यस अवधिसम्ममा १२ वटा विकास बैंक नाफामा रहँदा ५ वटा विकास बैंक भने घाटामा रहेका छन्। १० महिनााको अवधिसम्ममा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले यस अवधिमा ९९ करोड ४८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
दोस्रोमा, गरिमा विकास बैंकले ७५ करोड ७४ लाख, तेस्रोमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यस्तै, महालक्ष्मी विकास बैंकले ४६ करोड १७ लाख ९० हजार रुपैयाँ, कामना सेवा विकास बैंकले ४० करोड ४२ लाख ७० हजार रूपैयाँ, लुम्बिनी विकास बैंकले ३४ करोड २२ लाख ४० हजार रूपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले २७ करोड ९० लाख ६० हजार रुपैयाँ, ज्योति विकास बैंकले २३ करोड ८ लाख ५० हजार रुपैयाँ कमाएका छन् । यसैगरी, मितेरी विकास बैंकले ६ करोड ५५ लाख ४० हजार रूपैयाँ, कर्णाली विकास बैंकले २ करोड ४४ लाख ४० हजार रुपैयाँ, ग्रिन डेभलपमेन्ट बैंकले १ करोड ६७ लाख १० हजार रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकले १ करोड ३५ लाख ३० हजार रुपैयाँ कमाएका छन् ।
घाटा व्योहोर्नेहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशि डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक र सलपा विकास बैंक रहेका छन्। जसमा सप्तकोशी डेभलपमेन्ट बैंक ७ करोड २६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको छ। यसैगरी, सिन्धु विकास बैंकले ३ करोड २५ लाख, नारायणी डेभलपमेन्ट बैंकले ६५ लाख ६० हजार र सालपा विकास बैंकले १ लाख रुपैयाँ घाटा व्यहोरेको छ। त्यस्तै, एक्सेल विकास बैंकले सबैभन्दा धेरै २७ करोड १ लाख बढी नोक्सानी व्यहोरेको छ।



About Us
प्रतिक्रिया